अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न
काठमाडौं । अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न भएको छ । उक्त राइड पुस २८ गते सम्पन्न भएको हो । अप्रिलियाका लागि नेपालको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले राइड आयोजना गरेको हो । अप्रिलियाको टेकु सोरूबाट नगरकोटसम्म राइड आयोजना भएको थियो ।