शनिबार, फाल्गुन १६,२०८२ 07:53:03
Bizshala
  • शनिबार, फाल्गुन १६,२०८२ 07:53:03
Bizshala
Global IME Bank Limited

भाटभटेनीको कोटेश्वर शाखा पुनः सञ्चालन, ध्वस्त भएका बाँकी आउटलेट कहिले खुल्छन् ?

भाटभटेनीको कोटेश्वर शाखा पुनः सञ्चालन, ध्वस्त भएका बाँकी आउटलेट कहिले खुल्छन् ?
Shivam Cement

काठमाण्डौ । जेनजी आन्दोलनको दोश्रो दिन गत भदौ २४ गतेको विध्वंशको शिकार भएको भाटभटेनी सुपरमार्केटका ध्वस्त आउटलेटहरु पुननिर्माणसँगै पुनः सञ्चालन हुन थालेका छन् ।  

भाटभटेनीले यो कामको सुरुवात केही समयअघि वेयरहाउसबाट गरेको थियो । ध्वस्तमध्ये सबैभन्दा अगाडि पुननिर्माण सम्पन्न भएको कोटेश्वर शाखाको पुनः सञ्चालन घटनाको ५ महिनापछि माघ २४ गते(शनिवार)बाट भएको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

एक समारोहका बीच ब्राम्हणहरुको स्वस्ती वाचन र पूजाआजका साथमा कोटेश्वरस्थित आउटलेटको पुनः सञ्चालन कार्यको आरम्भ भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुंगले पानसमा दीप प्रज्वलनसँगै गरे ।  

सो क्रममा उनले भदौ २४ गते ध्वस्त भएका भाटभटेनीका देशभरका १२ आउटलेटहरु पुननिर्माण भई पुनः सञ्चालनको क्रम अब सुरु भएको जानकारी दिए । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

भाटभटेनी स्रोतका अनुसार कोटेश्वरबाहेकका ध्वस्त बाँकी ११ शाखाहरु समेत क्रमशः पुनः सञ्चालन हुनेछन् । नक्सालबाहेकका सबै शाखाहरु आगामी असारभित्रै पुनः सञ्चालनमा ल्याइसक्ने कम्पनीको योजना रहेको छ ।  

'फागुन दोश्रो साताभित्र महाराजगञ्ज, बैशाखमा बौद्धको चुच्चेपाटी शाखा पुनः सञ्चालन गर्ने कम्पनीको योजना छ । नक्साल बाहेकका सबै शाखा असारभित्रै सञ्चालनमा ल्याइसक्ने योजना छ ।' भाटभेटनीका प्रतिनिधि पानु पौडेलले बिजशालासँग भने-'नक्सालको आउटलेट पनि आगामी भदौभित्र सञ्चालनमा ल्याइसक्ने हाम्रो योजना छ ।'  

२०८२ भदौ २४ गतेको विध्वंशका क्रममा पूर्ण रुपमा ध्वस्त बनेको कोटेश्वर शाखालाई पहिलाभन्दा अझ अत्याधुनिक र व्यवस्थित बनाएर पुनः सञ्चालनमा ल्याइएको छ ।  

भूइँतलामा सुरक्षाका मजबुत उपायहरुसहितको नयाँ र अत्याधुनिक भवन निर्माण गरिएको छ ।

यस्तै, चौथो तलामा अन्य केही आउटलेटको जस्तै फूडपार्क थपिएको छ । कोटेश्वरको पहिलाको भाटभटेनीको मुख्य भवनमै पहिला फूडपार्क थिएन । फूडपार्कसँगै बालबच्चाहरुका लागि छुट्टै प्लेइंग जोन समेत राखिएको छ ।  

आउटलेटको बाहिरी लुक्समा केही परिवर्तन गरिएको छ भने भित्री लुक्स तथा सामानहरुको व्यवस्थापन पनि पहिलाभन्दा अत्याधुनिक बनाइएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.