स्वास्थ्यमन्त्रीको सय दिन: ‘स्वास्थ्यमा महसुस हुने गरी सुधार हुँदैछ, यो अझ धेरै सुध्रनेछ, बीमा ५ लाख पुग्छ पुग्छ’
काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सय दिनभित्र आम नागरिकको स्वास्थ्यमा सकारात्मक असर दिने गरी सक्नेसम्मको सुधार भएको र बाँकी सुधारको असर अझ देखिने बताएका छन् ।सय दिनको अवधिमा भएका कामको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री पौडेलले हालसम्म भएका सुधारले पनि नागरिकको स्वास्थ्य पहुँचमा फरक पारिसकेको बताए । धेरै निर्णय दीर्घकालिन असर पार्ने खालका...