बुधबार, बैशाख २,२०८३ 07:01:49
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 07:01:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल मेडिकल कलेजमा नवजात शिशुको श्रवण क्षमता जाच्ने ओएई उपकरण

Bizshala
नेपाल मेडिकल कलेजमा नवजात शिशुको श्रवण क्षमता जाच्ने ओएई उपकरण
Shivam Cement

काठमाण्डौ। नेपाल मेडिकल कलेजले नवजात शिशुहरुको श्रवण क्षमता परीक्षण गर्ने अत्याधुनिक ओएई उपकरण सञ्चालनमा ल्याएको छ । कलेजको इएनटी विभागमा ओकोअकोस्टिक उत्सर्जन (ओएई) परीक्षण यन्त्र सञ्चालनमा ल्याइएको हो ।

सोमबार कलेजका अध्यक्ष प्रा.डा.जैनुद्धिन अन्सारीले नाक कान घाँटी विभागको अडियोलोजी युनिटमा अत्याधुनिक ओएई उपकरणको उद्घाटन गर्दै नवजात शिशुहरुको कानको श्रवण क्षमता परीक्षण गर्नका लागि ओएई उपकरण महत्वपूर्ण हुने बताए । बच्चा जन्मिएपछि श्रवण क्षमताको परीक्षण गरे जन्मजातै सुन्न नसक्ने अपाङ्गता नियन्त्रणमा टेवा पुग्ने प्रा.डा. अन्सारीले बताए। ‘सरकारले नवजात शिशुको श्रवण शक्तिमा समस्या भए नभएको परीक्षण अनिवार्य गर्ने गरी नवजात शिशुको श्रवण स्क्रिनिङ्, निर्देशिका २०८१ स्वीकृत गरेको छ । सरकारको अभियानलाई सार्थकता प्रदान गर्न इएनटी ओपिडीमा ओएई उपकरण स्थापना गरेका हौं ।’ प्रा.डा. अन्सारीले भने ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

राजधानीमा सञ्चालित अधिकांश स्वास्थ्य संस्थाहरुमा नवजात शिशुहरुको श्रवण क्षमता परीक्षण गर्ने ओएई उपकरण छैन । नेपाल मेडिकल कलेजले यही समस्यालाई दृष्टिगत गरी अडियोलोजी युनिटमा ओएई उपकरण स्थापना गरेको हो । कलेजमा अन्यत्र जन्मिएका नवजात शिशुहरुको पनि ओएई उपकरणबाट श्रवण क्षमता जाँच गर्न ल्याउन सकिन्छ ।

सरकारले जारी गरेको निर्देशिका अनुसार सुत्केरी गराउने सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुले प्रारम्भिक रुपमा बालबालिकामा श्रवणसम्बन्धी समस्या भए नभएको परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्यकर्मीहरुले श्रवण सम्बन्धी कुनै जानकारी अभिभावकबाट प्राप्त गरेमा जाँच गरी थप पड्तालका लागि नाक कान घाँटी र अडियोलोजी सेवा भएको नजिकैको स्वास्थ्य संस्थामा प्रेषण गर्नुपर्ने निर्देशिकामा छ । यस व्यवस्था अनुरुप नेपाल मेडिकल कलेजमा अन्य अस्पतालहरुले श्रवण क्षमता परीक्षणका लागि प्रेषण गर्न सक्नेछन् ।

जन्मिएको १२ देखि २४ घण्टाभित्र वा फलोअपका लागि पहिलो पटक आएका बेला प्रजनन क्षमताबारे अभिभावकसँग जानकारी लिएर परीक्षण गर्नुपर्ने भनिएको छ । निर्देशिका अनुसार प्रारम्भिक परीक्षण स्थानमा उपचार सम्भव नभएका बालबालिकाका लागि प्रविधियुक्त ओएई उपकरण भएका नाक, कान, घाँटीसम्बन्धी अस्पतालमार्फत परीक्षण र उपचार गर्ने व्यवस्था गरिएको छ ।

CG Motors
Garima Development Bank
IME remit

नेपालमा जन्मिएका एक हजार शिशुमध्ये १.८ मा जन्मजात नै श्रवण ह्रासको समस्या देखिने गरेको तथ्यांक छ । २०७८ को जनगणना अनुसार ५ वर्ष मुनिका ३ हजार बालबालिकामा श्रवण शक्तिसँग सम्बन्धित अपांगता देखिने गरेको थियो र बालबालिकामा हुने ६० प्रतिशत बहिरोपन रोकथाम गर्न सकिने अध्ययनहरुले देखाएका छन् । ‘बच्चा जन्मिने वित्तिकै उसको श्रवण क्षमता परीक्षण गरे धेरै हदसम्म बहिरोपन रोक्न सकिन्छ । सरकारको नीति र योजना अनुसार हामीले ओएई उपकरण ल्याएका हौं । कलेजकी प्रबन्ध निर्देशक डा. साविहा यास्मिनले भनिन् ।

पछिल्लो समय कलेजले स्वास्थ्य सेवाको गुणस्तर सुधार्न नविनतम प्रविधि र उपकरणहरु भित्र्याउँदै गएको कलेजले जनाएको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.