हाइड्रो आयोजनाको बीमा पोलिसी जारी गर्दा डी–ट्यारिफमा जाने सहमति, होला त कार्यान्वयन ?
काठमाण्डौ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र नेपाल बीमक संघबीच डी ट्यारिफमा जाने सहमति भएको छ । हाइड्रोपावर कम्पनी आयोजनाहरुको बीमा पोलिसी जारी गर्दा अबदेखि डी ट्यारिफमा जाने दुई पक्षबीच सहमति भएको हो । यसअघि बीमा कम्पनीहरुले नन ट्यारिफमै हाइड्रो कम्पनीका आयोजनाहरुको बीमा पोलिसी जारी गर्दै आएका थिए । तर इप्पानले नन ट्यारिफको विषयमा सुरुदेखि नै विरोध...

