जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.८६ अर्ब प्रिमियम,नेपाल लाइफको सबैभन्दा धेरै, वृद्धिदरमा प्रभु महालक्ष्मी
काठमाण्डौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८०/८१ को ७ महिनासम्ममा ८६ अर्ब बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीले माघ महिनासम्म ८६ अर्ब ८८ करोड ८ लाख रुपैयाँ प्रिमियम भित्राएका हुन् । जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन गत वर्षको तुलनामा ४.१८ प्रतिशतले बढ्न पुगेको छ । गत वर्षको यसै अवधिसम्म बीमा कम्पनीले ८३ अर्ब...