आईतवार, असार १४,२०८३ 04:42:50
Bizshala
  • आईतवार, असार १४,२०८३ 04:42:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गार्डियन माइक्रो लाइफको आइपीओमा १३.६५ गुणा बढी आवेदन, १७ लाख बढीको हात खाली हुने

Laxmi Sunrise Bank Limited
गार्डियन माइक्रो लाइफको आइपीओमा १३.६५ गुणा बढी आवेदन, १७ लाख बढीको हात खाली हुने

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा अन्तिमदिनसम्म  १३.६५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आइपीओमा १९ लाख ०६ हजार ७४८ जनाले आवेदन दिएका हुन् ।  

कम्पनीको आइपीओमा २ अर्ब ५१ करोड ९० लाख ३६ हजार रुपैयाँ बराबरको २ करोड ५१ लाख ९० हजार ३६० कित्ताका लागि आवेदन परेको हो ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेको छ । आइपीओ पाउन भाग्यकै भर पर्नुपर्ने भएको छ । १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन् भने बाँकी १७ लाख २२ हजार बढीको हात रित्तो हुनेछ ।  

कम्पनीले आम सर्वसाधारणका लागि पुष २१ गतेदेखि आईपीओ निष्कासन गरेको हो । निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्तामध्ये प्रथम चरणमा १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रेहका नेपालीका लागि निष्कासन गरेको कम्पनीले ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात ६७ हजार ५ सय कित्ता कर्मचारीका लागि छुट्टाई बाँकी रहेको १८ लाख ४५ हजार कित्ता आम सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.