बुधबार, माघ २३,२०८१ 09:33:30
IME remit
  • बुधबार, माघ २३,२०८१ 09:33:30
IME remit
Global IME Bank Limited

निर्जीवन बीमकहरुहरुबाट ११.८०% मात्रै बीमा दाबी भुक्तानी, राष्ट्रिय बीमा कम्पनी बीमितविरोधी बन्दै

Hyundai Nepal
निर्जीवन बीमकहरुहरुबाट ११.८०% मात्रै बीमा दाबी भुक्तानी, राष्ट्रिय बीमा कम्पनी बीमितविरोधी बन्दै
Nabil Bank Limited

काठमाण्डौ । बाढी पहिरोको कारणले भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीहरुमा पौने १३ अर्ब रुपैयाँको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार पुष ११ गतेसम्ममा १२ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको हो ।  

गत असोज महिनामा परेको अविरल वर्षाका कारण कृषि क्षेत्रलगायत धनजनको क्षति भएको थियो । बाढीपहिरोले क्षति पुर्याएपछि निर्जीवन बीमा कम्पनीहरुमा ३ हजार ६७६ वटा बीमा दाबी परेको हो ।  

निर्जीवन बीमकहरुले हालसम्म ११.८० प्रतिशत दाबीको मात्रै भुक्तानी गरेका छन् । पुष ११ गतेसम्ममा निर्जीवन बीमा कम्पनीहरुले १ हजार ७२० वटा दाबीको १ अर्ब ५२ करोड १८ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेका छन् ।  

बीमा कम्पनीहरुमा सर्वाधिक सम्पत्ति बीमाको दाबी परेको छ । बीमा प्राधिकरणका अनुसार सो अवधिसम्म ९ अर्ब २४ करोड ५८ लाख रुपैयाँ बराबरको सम्पत्ति बीमाको दाबी परेको छ । पुष ११ गतेसम्म १ हजार ७७३ वटा सम्पत्ति बीमाको दाबी परेको प्राधिकरणले जनाएको छ ।  

उक्त अवधिसम्म उक्त बीमालेखअन्तर्गत बीमा कम्पनीहरुले ७४८ वटा बीमा दाबीको कुल १ अर्ब ११ करोड रुपैयाँ बराबरको भुक्तानी गरेका छन् ।  

Bizshala
CG Motors
Sagarmatha Cement

त्यस्तै, इन्जिनियरिङ्ग तथा ठेकेदार जोखिम बीमालेख अन्तर्गत ३२१ वटा बीमाको २ अर्ब ८७ करोड ५२ लाख रुपैयाँको दाबी परेको छ । जसमध्ये बीमा कम्पनीहरुले ६१ वटा बीमाको ५ करोड ७ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको छ।  

यता निजी तर्फको मोटर बीमा अन्तर्गत भने बीमा कम्पनीमा ९५४ वटा बीमा दाबी परेको छ । सो अवधिसम्म ४१ करोड १ लाख रुपैयाँ बराबरको दाबी परेको हो । बीमा कम्पनीहरुले सो अवधिसम्म ५३१ वटा मोटर बीमाको १५ करोड ७२ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ।  

त्यस्तै, सार्वजनिकतर्फको मोटर बीमामा भने बीमा कम्पनीहरुले पुष ११ गतेसम्म २०५ वटा बीमाको १६ करोड ५६ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । सो अवधिसम्म सार्वजनिक मोटर बीमा अन्तर्गत ३९२ वटा बीमाको २८ करोड १ लाख ९२ हजार रुपैयाँ बराबरको दाबी परेको छ ।  

साथै सामुद्रिक बीमातर्फ २३ वटा बीमाको ४ करोड २० लाख रुपैयाँ बराबरको बीमा दाबी परेकोमा बीमा कम्पनीहरुले १२ वटा बीमाको १ करोड ६९ लाख रुपैयाँ भुक्तानी दिइसकेका छन् ।  

पशुपन्छी बीमालेख अन्तर्गत भने सो अवधिसम्म ५५ वटा बीमाको १ करोड ७५ लाख रुपैयाँको दाबी परेको छ, जसमा बीमकहरुले ३२ वटा बीमाको ४८ लाख ८३ हजार रुपैयाँ दाबी भुक्तानी दिएका छन् । यता कृषि बालि बीमाअन्र्तत भने पुष ११ सम्म १३७ वटा बीमाको १ करोड ५ लाख ९१ हजार रुपैयाँ बराबरको दाबी परेकोकोमा बीमकहरुले ११८ वटा दाबीको ७४ लाख ७७ हजार रुपैयाँ भुक्तानी गरेका छन् ।  

त्यस्तै, विविधि तर्फ २१ वटा बीमाको ७५ लाख ९९ हजार रुपैयाँको दाबी परेकोमा बीमा कम्पनीहरुले १३ वटा बीमाको ३० लाख ९९ हजार रुपैयाँ दाबी भुक्तानी दिएका छन् ।  

Muktinath Bikas Bank Limited

कुन कम्पनीमा कति दाबी र भुक्तानी ?

नेपाल बीमा प्राधिकरणका अनुसार पुष ११ गतेसम्म सबै निर्जीवन बीमा कम्पनीमा बीमा दाबी परेको छ । १४ निर्जीवन बीमा कम्पनी र ४ निर्जीवन लघुबीमा कम्पनी गरी कुल १८ वटा कम्पनीमा दाबीको ओइरो परेको हो ।  

सरकारी स्वामित्वमा रहेका राष्ट्रिय बीमा कम्पनी बाहेक सबै कम्पनीले केही प्रतिशत भएपनि दाबीको भुक्तानी दिएका छन् । राष्ट्रिय बीमा कम्पनीले भने हालसम्म दाबीको एक प्रतिशत पनि भुक्तानी गरेको छैन ।  

सबैभन्दा बढी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ५११ वटा बीमाको २ अर्ब ६३ करोड १ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । जसमध्ये कम्पनीले २४७ वटा बीमाको ३० करोड ३५ लाख रुपैयँ दाबी भुक्तानी दिएको छ ।  

त्यस्तै, दि। ओरियन्टल इन्स्योरेन्समा पनि १८३ वटा बीमाको १ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ बराबरको दाबी परेकोमा कम्पनीले १४७ वटा दाबीको ५ करोड ३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।  

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले भने कुल दाबीको १५.०४ प्रतिशत मात्रै भुक्तानी गरेको छ । हालसम्म कम्पनीले १६८ वटा बीमाको २० करोड ४३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । सो अवधिसम्म कम्पनीमा ४२५ वटा बीमाको १ अर्ब ३५ करोड ५७ लाख रुपैयाँको बीमा दाबी परेको छ ।  

त्यस्तै, शिखर इन्स्योरेन्सले ४५८ वटा बीमाको १ अर्ब १४ करोड रुपैयाँको दाबी परेकोमा ४१५ वटा बीमाको ३१ करोड ३८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । नेको इन्स्योरेन्सले ३०६ वटा बीमाको १ अर्ब ८ करोड रुपैयाँको दाबी परेकोमा सो अवधिसम्म १२८ वटा दाबीको १० करोड ३४ लाख रुपैयाँ भुक्तानी गरेको छ ।  

यता हिमालयन एभरेष्ट इन्स्योरेन्सले २५३ वटा बीमाको १ अर्ब ८१ लाख रुपैयाँको दाबी परेकोमा १२९ वटा बीमाको १३ करोड २१ लाख रुपैयाँ भुक्तानी, सानिमा जिआइसीले २२८ वटा बीमाको ९५ करोड ३६ लाख रुपैयाँ दाबी परेकोमा ५७ वटा दाबीको १३ करोड २१ लाख रुपैयाँ भुक्तानी, एनएलजी इन्स्योरेन्सले २०० वटा बीमाको ७७ करोड ४१ लाख रुपैयाँको दाबी परेकोमा ५९ वटा बीमाको ८ करोड ४ लाख रुपैयाँ दाबी भुक्तानी, युनाइटेड अजोडले ३३४ वटा बीमाको ७४करोड ८० लाख रुपैयाँको दाबी परेकोमा हालसम्म ८७ वटा दाबीको २ करोड ६४ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ११३ वटा बीमाको ४८ करोड ३६ लाख रुपैयाँ दाबी परेकोमा हालसम्म १२ वटा दाबीको १ करोड ८५ लाख रुपैयाँ भुक्तानी दिइसकेको छ ।  

त्यस्तै, नेपाल इन्स्योरेन्सले १८७ वटा बीमाको ४१ करोड ३९ लाख रुपैयाँको दाबी परेकोमा हालसम्म ५९ वटा बीमाको २ करोड १३ लाख रुपैयाँ दाबी भुक्तानी, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २९४ वटा बीमाको ४१ करोड ३४ लाख रुपैयाँको दाबी परेकोमा हालसम्म १४८ वटा बीमाको ११ करोड ६५ लाख रुपैयाँ दाबी भुक्तानी, प्रभु इन्स्योरेन्सले १३७ वटा बीमाको २८ करोड ७९ लाख रुपैयाँको दाबी परेकोमा हालसम्म १ करोड ३२ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ ।  

लघुबीमा कम्पनीतर्फ स्टार माइक्रो इन्स्योरेन्समा १० वटा बीमाको ३६ लाख ६५ हजार रुपैयाँको दाबी परेकोमा कम्पनीले हालसम्म ३ वटा बीमाको २ लाख ५० हजार रुपैयाँ, ट्रस्ट माइक्रो इन्स्योरेन्सले ४ वटा बीमाको १५ लाख २० हजार रुपैयाँ दाबी परेकोमा २ वटा बीमाको २ लाख ६० हजार रुपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्सले ४ वटा बीमाको ६ लाख ५० हजार रुपैयाँ दाबी परेकोमा सो अवधिसम्म ४ वटा बीमाको ५ लाख १ हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ९ वटा बीमाको ५ लाख ४० हजार रुपैयाँ दाबी परेकोमा हालसम्म ६ वटा बीमाको १ लाख १८ हजार रुपैयाँ दाबी भुक्तानी दिएको छ ।  

बीमितविरोधी बन्दै राष्ट्रिय बीमा कम्पनी  

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी बीमितविरोधी बनेको छ । कम्पनीले हालसम्म एक रुपैयाँ पनि दाबी भुक्तानी दिएको छैन । सबै बीमकहरुले दाबी परेको कुल रकमको केही प्रतिशत भएपनि दाबी भुक्तानी  वा अग्रिम दाबी भुक्तानी गर्दा आरबीसीएलले भने हालसम्म पनि एक रुपैयाँ दाबी भुक्तानी दिन सकेको छैन ।  

बीमा कम्पनीहरुमा सबैभन्दा थोरै चुक्तापुँजी रहेको यस कम्पनीमा पुष ११ गतेसम्ममा २० वटा बीमाको २० करोड ७३ लाख ७० हजार रुपैयाँको दाबी परेको छ । तर कम्पनीले हालसम्म थोरै रकम पनि दाबी भुक्तानी दिएको छैन ।  

यसरी कम्पनी दायित्वबाट बाहिरिँदै बीमितविरोधी बन्न पुगेको छ । सबै कम्पनीहरुले केही प्रतिशत भएपनि रकम दाबी भुक्तानी दिएर बीमितमैत्री बन्दै गर्दा सरकारी कम्पनी भने आफ्नो दायित्वबाट पछि हटेको छ ।  

यस्तो अवस्थाले कम्पनीको व्यवसायमा नै नकारात्मक प्रभाव पार्ने देखिन्छ । कम्पनीले बीमा भुक्तानीमा ढिलाई वा सुस्तपन देखाउँदा कम्पनीको संस्थागत सुशासनमाथि नै प्रश्न उठ्न सक्ने देखिन्छ ।  

नेपाल बीमा प्राधिकरले जारी गरेको दाबी भुक्तानी मार्गदर्शन, २०८१ मा बीमा कम्पनीहरुले बीमा दाबी कार्यविधिमा साना दाबी रकम भुक्तानी सम्बन्धी व्यवस्था गनुपर्ने व्यवस्था छ ।  

साथै दुई लाख रुपैयाँसम्मको दाबीलाई सानो दाबी मानेर यथाशीघ्र पर्छ्यौट गर्नुपर्ने र बाली, पशुपन्छी, कृषि तथा लघुबीमातर्फ ५० हजार रुपैयाँसम्मको दाबीलाई सानो दाबी मानेर यथाशीघ्र भुक्तानी गर्नुपर्ने व्यवस्था छ । तर कम्पनीले प्राधिकरणको निर्देशनलाई पालना नगरी सानो दाबीको समेत भुक्तानी दिएको देखिएको छैन ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.