स्टार माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने,एजीएम आह्वान
काठमाण्डौ । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन २७ गतेका लागि प्रथम साधारण सभा आह्वान गरेको हो ।