काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट २५ प्रतिशत अर्थात १ः०.२५ अनुपातमा हकप्रद निष्कासनका लागि स्वीकृती पाएको हो ।
सेबोनले कम्पनीलाई हकप्रद निष्कासनका लागि पुस ९ गते अनुमति दिएको हो । यससँगै अब कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँबराबरको रु १०० अंकित दरका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीले हकप्रद निष्कासनका लागि सेबोनमा चैत ६ गते आवेदन दिएको थियो ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।