बुधबार, बैशाख २,२०८३ 01:00:25
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 01:00:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लगानीकर्तालाई राम्रो प्रतिफल दिएको सूर्यज्योति लाइफले कर्मचारीका लागि १३७% ले बढायो बोनस

Bizshala
लगानीकर्तालाई राम्रो प्रतिफल दिएको सूर्यज्योति लाइफले कर्मचारीका लागि १३७% ले बढायो बोनस
Shivam Cement

काठमाण्डौ । लगानीकर्तालाई २० प्रतिशत लाभांश बाँडेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीलाई बाँड्ने बोनस १३७.१२ प्रतिशतले बढाएको छ ।  

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनी तथा लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश वितरण गरेको छ, जुन यो बीमा क्षेत्रमा उत्कृष्ट लाभांश मान्न सकिन्छ ।  

कम्पनीले गत आर्थिक वर्षमा ११ करोड ७० लाख २८ हजार रुपैयाँ बोनस वितरण गरेको छ । जुन यो अघिल्लो आवको तुलनामा १३७.१२ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले कर्मचारीलाई ४ करोड ९३ लाख ५३ हजार रुपैयाँ मात्रै बोनस बाँडेको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यसका साथै कम्पनीले कर्मचारीको तलब भने १२.०३ प्रतिशतले वृद्धि गरेको छ । गत आवमा कम्पनीले कर्मचारीहरुलाई २२ करोड २८ लाख ८८ हजार रुपैयाँ तलब वितरण गरेको छ । अघिल्लो आवमा भने कम्पनीले १९ करोड ८९ लाख ५२ हजार रुपैयाँ मात्रै तलब बाँडेको थियो ।  

साथै कम्पनीले चाडपर्व भत्ता बापत २ करो ९३ लाख रुपैयाँ खर्च गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४५.३८ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले यस्तो शिर्षकमा २ करोड २ लाख रुपैयाँ मात्रै खर्च गरेको थियो ।  

त्यस्तै, सेवा बापत कम्पनीले ३८ लाख रुपैयाँ र विदा खर्चबापत २ करो ९१ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवमा कम्पनीले यस्तो शिर्षकमा रकम छुट्याएको थिएन ।  

यसबाहेक सूर्यज्योतिले सामाजि सुरक्षा कोष शिर्षकमा २ करोड ६३ लाख ८९ हजार रुपैयाँ खर्च गरेको छ । यो रकम पनि अघिल्लो आवको तुलनामा ४।३६ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले यस्तो शिर्षकमा २ करोड ५२ लाख रुपैयाँ छुट्याएको थियो ।  

CG Motors
Garima Development Bank
IME remit

त्यस्तै, सेवा खर्च शिर्षकमा ९७ लाख ३९ हजार, विदा खर्चमा १ करोड २ लाख रुपैयाँ, टर्मिनेशन बेनिफिट शिर्षकमा २ करोड ३७ लाख रुपैयाँ, तालिम खर्च बापत ७२ लाख ७१ हजार, युनिफर्म खर्च २७ लाख ९९ हजार, कर्मचारीको बीमा सुविधाका लागि १ करोड ३९ लाख ९१ हजार, स्टाफ वेलफेयरका लागि १६ लाख ६ हजार, स्टाफ इन्सेन्टिभका लागि ८७ लाख ५८ हजार, अन्य सुविधाहरु बापत १८ लाख ८३ हजार, आउटसोर्स स्टाफ एक्सपेन्सेसमा १ करोड ९७ लाख  रुपैयाँ र अमोरटाइजेसन अफ प्रिपेड स्टाफ बेनिफिट एक्सपेन्सेसमा १ करोड ३५ लाख ६६ हजार रुपैयाँ खर्च गरेको छ ।  

यसरी गत आवमा कम्पनीले विभिन्न शिर्षकहरुमा कर्मचारी सेवा सुविधाका लागि कुल ७२ करोड ४९ लाख ६९ हजार रुपैयाँ खर्च गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १५.७७ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले कर्मचारी सुविधाका लागि ६२ करोड ६२ लाख ४१ हजार रुपैयाँ खर्च गरेको थियो ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.