शनिबार, श्रावण २,२०८३ 11:15:16
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 11:15:16
Bizshala
Global IME Bank Limited

सन नेपाल लाइफद्वारा एएमएल/सीएफटी अभिमुखिकरण कार्यक्रम सम्पन्न

सन नेपाल लाइफद्वारा एएमएल/सीएफटी अभिमुखिकरण कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । सन नेपालले आफ्नो बीमा अभिकर्ता तथा शाखा व्यवस्थापकहरूका लागि राष्ट्रियस्तरको AML/CFT (Anti-Money Laundering & Combating the Financing of Terrorism) अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम माघ १८ गते काठमाण्डौस्थित अमृतभोग क्याटरिङ्गमा आयोजना गरिएको थियो । जसमा २०० भन्दा बढी अभिकर्ता र शाखा व्यवस्थापकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले बीमा क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, उद्योगका वर्तमान प्रवृत्तिहरू, र व्यवसायिक नैतिकतासम्बन्धी मार्गदर्शन प्रदान गरेका थिए। 

साथै, उनले सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोकथामसम्बन्धी नीतिहरू, नियमनकारी निकायहरूद्वारा लागू गरिएका नयाँ प्रावधानहरू, तथा बीमा प्रतिनिधिहरूले अवलम्बन गर्नुपर्ने नैतिक व्यापार अभ्यासहरूबारे महत्वपूर्ण जानकारी प्रस्तुत गरेका थिए ।  

सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो सम्पूर्ण अभिकर्ता तथा शाखा व्यवस्थापकहरूलाई अद्यावधिक ज्ञान प्रदान गर्दै वित्तीय पारदर्शिता, नैतिक व्यापार अभ्यास, तथा नियम–कानूनको पालना गर्ने संस्कार विकास गर्ने प्रतिबद्धता जनाएको छ।बीमा व्यवसायमा पारदर्शिता तथा उत्तरदायित्व बढाउनका लागि यस्ता अभिमुखिकरण कार्यक्रमहरू आवश्यक छ भन्ने संस्थाको विश्वास रहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.