काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई निराश बनाएको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको छ ।
कम्पनीको साउन २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले आव २०८०/८१ को वित्तीय विवरण स्वीकृतीका लागि नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने र उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको छ ।