शुक्रबार, बैशाख ४,२०८३ 12:46:52
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 12:46:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कमायो रु.४०.३२ करोड नाफा, प्रिमियम २ अर्ब

Bizshala
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कमायो रु.४०.३२ करोड नाफा, प्रिमियम २ अर्ब
Shivam Cement

काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले गत आवमा ४० करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो आवको तुलनामा १२.५३ प्रतिशतले घटेको छ । अघिल्लो आवमा कम्पनीले ४६ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो । नाफा घटेपनि कम्पनीको व्यवसाय भने २२.८६ प्रतिशतले बृद्धि भएको छ ।

अघिल्लो आवमा १ अर्ब ७२ करोड २ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको सलिकोले गत आवमा भने २ अर्ब ११ करोड ३५ लाख रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ । सो अवधिसम्म कम्पनीको बीमा कोष ४.१३ प्रतिशतले बढेर ६ अर्ब ८८ करोड ५२ लाख रुपैयाँ कोषमा संचित रहेको छ । कम्पनीले व्यवसाय र बीमा कोषको आकार बढाएपनि आम्दानी खुम्चिदा नाफा घट्न पुगेको हो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आव २०८०–८२ मा लगानीबाट ४७ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको यो कम्पनीले गत आवमा ३४ करोड २४ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ । यसर्थ कम्पनीको आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा २८.६४ प्रतिशत घट्न पुगेको छ । कम्पनीले सो अवधिसम्म ३ अर्ब ६२ करोड ५१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको छ । यस अवधिसम्म कम्पनीको सञ्चालन खर्च ४८.७६ प्रतिशतले बढेर ५ करोड ६८ लाख रुपैयाँ पु्गेको छ । 

गत आवको अन्त्यसम्म कम्पनीको चुक्तापूँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा २२ करोड ९३ लाख रुपैयाँ संचित रहेको छ । साथै कम्पनीको रिटेन्ड अर्निङ ९.२५ प्रतिशत घटेर ३ करो ६६ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको इपीएस ८.०७ रुपैयाँ घटेर १५.३७ रुपैयाँ, नेटवर्थ २३९.१२ रुपैयाँ रहेको छ भने गत आवसम्म कम्पनीको पोलिसी संख्या १ लाख ५३ हजार ७०४ रहेको छ ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.