आज प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? यस्तो छ नयाँ मूल्यसूची
काठमाण्डौ । नेपाली बजारमा आज पनि सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज पनि स्थिर नै रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रहँदै प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम थियो ।

