फेडले ब्याजदरमा कटौती गर्ने सम्भावनाका बीच सुनको मूल्य अल टाइम हाई नजिक
काठमाण्डौ । सुनको मूल्य ‘अल टाइम हाई’ नजिक पुगेको छ । पछिल्लो समय निरन्तर वृद्धि भईरहेका कारण सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दु नजिक पुगेको हो । पछिल्लो २४ घण्टाको अवधिमा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ०.४८ प्रतिशत अर्थात १०.०५ डलरले बढेको छ । योसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार १२४.७ डलर कायम भएको छ । यस्तै चाँदीको मूल्यमा भने गिरावट आएको छ ।...