आज बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । गत शुक्रबार प्रतितोला १५ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ७ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार दिन छापावाला सुनको मूल्य १ लाख ४८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्य भने घटेको छ ।...

