सुनको मूल्य झण्डै २५ डलरले बढ्यो, यस्तो छ बढ्नुको कारण
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य पुनः२५ सय डलरभन्दा बढी पुगेको छ । पछिल्लो कारोबारमा सुनको मूल्य १ प्रतिशत अर्थात २४.८० डलरले बढेको छ । यससँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ५१२.१८ डलर पुगेको छ । शुक्रबार अमेरिकी डलर थप कमजोर बन्दा र अमेरिकी बोन्डको प्रतिफल समेत घट्दा सुनको मूल्य बढेको हो ।

