तीन दिनको गिरावटमा ब्रेक लाउदै आज बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । घरेलु बजारमा लागातार ३ दिन घटेको सुनको मूल्यमा ब्रेक लागेको छ । अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको छ ।

