सुनको मूल्यमा गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्यमा गिरावट आएको छ । गत शुक्रबार प्रतितोला २ हजार रुपैयाँले बढेको सुनको भाउ आज भने घटेको हो । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँ कायम भएको छ ।

