ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतिऔंस कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य विगत २ साताको अवधिमा पहिलोपटक २७ सय डलर पार गरेको छ । यससँगै सुनको मूल्य पछिल्लो २ वर्षकै उच्च साप्ताहिक वृद्धितर्फ उन्मुख भएको छ । अन्य मुद्राको तुलनामा डलरको भाउ बलियो बन्दा र आगामी महिनाका लागि अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा कटौती गर्नसक्ने सम्भावना कम हुँदा सुनको मूल्य बढेको हो ।

