सुनको मूल्य ६ डलरले घट्यो , कति पुग्यो भाउ ?
काठमाण्डौ । आज पनि अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ०.२६ प्रतिशत अर्थात प्रतिऔंस ६.५० डलरले घटेको छ । यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ४९९ डलरमा कारोबार भईरहेको छ । केही दिनअघि भने अन्तराष्ट्रिय बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । गत अगस्ट १८ मा सुनको मूल्य २ हजार ५०८ डलरसम्म पुगेको थियो...