सुनको मूल्य तोलाकै १ लाख ६४ हजार नाघ्यो, एकैदिन २ हजारले बढ्यो
काठमाण्डौ । घरेलु बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

