एकैदिन तोलामा २७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । गत शुक्रबार प्रतितोला ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो । आज सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

