आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । अघिल्लो दिन ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको छ । आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

