आज सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्ठौ । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

