सुन खरिदमा २% विलासिता कर लाग्ने, हिरामोतिमा भने हटाइयो
काठमाण्डौ । सरकारले सुनका गरहगहनामा खरिदमा २ प्रतिशत विलासिता करको व्यवस्था गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहिबार सार्वजनिक गरेको आर्थिक विधेयकमार्फत सुन तथा सुनका गरगहनामा २ प्रतिशतको विलासिता कर लगाइएको हो ।

