एक वर्षमा करिब ३६%ले बढ्यो सुनको भाउ
काठमाण्डौ । वर्ष २०८१ मा घरेलु बजारमा सुनको मूल्य करिब ५० हजार रुपैयाँले महङ्गिएको छ । विसं २०८१ साल वैशाख २ गते छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ रहेकोमा वर्षको अन्तिम दिनसम्म १ लाख ८६ हजार रुपैयाँ पुग्यो । यस हिसाबले एक वर्षको अवधिमा सुनको मूल्य ४९ हजार २ सय अर्थात ३५.९६ प्रतिशतले वृद्धि भएको छ । एक वर्षको अवधिमा सुनको मूल्यले थुप्रैपटक अल टाइम हाईको उचाईका...

