सुनको मूल्यले बनायो नयाँ रेकर्ड, ट्रम्पले कार्यभार सम्हालेदेखि १४ पटक अल टाइम हाई
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले ३ हजार डलरको कोसेढुङ्गा पार गरेको छ । आजको कारोबारमा सुनको मूल्य ०.४६ प्रतिशत अर्थात प्रतिऔंस १३.६८ डलरले बढेको छ । यससँगै सुनको मूल्य ३ हजार ११.५६ डलरमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यससँगै एक साताको अन्तरालमा सुनको मूल्य दुइपटक अल टाइम हाईको उचाईमा पुगेको छ ।

