काठमाण्डौ । सुनको मूल्य पछिल्लो एक महिनाकै उच्च कायम भएको छ । हालै सार्वजनिक भएको अमेरिकी अर्थतन्त्रको तथ्यांकले ट्रेजरीको रेटमा थप दबाब पर्दा सुनको मूल्य उकालो लागेको हो ।
यस्तै अमेरिकी मुद्रास्फितीदर पनि अपेक्षा गरेभन्दा कम देखिएपछि फेडरल रिजर्भले ब्याजदर सम्बन्धी निर्णय समेत प्रभावित बन्ने देखिएको छ ।
आज सुनको मूल्य ०.७८ प्रतिशत अर्थात २१.१० डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य आज २ हजार ७१५ डलरमा कारोबार भईरहेको छ । यो मूल्य गत डिसम्ेबर १२ पछिकै उच्च हो ।
गत अक्टोबर ३१ मा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यस दिन सुनको मूल्य प्रतिऔंस २ हजार ७९० डलर पुगेको थियो । अमेरिकाको श्रम विभागले जारी गरेको तथ्यांकअनुसार जवनरी ११ सम्म २ लाख १७ हजार व्यक्तिले बेरोजगारी भत्ता लिएका छन् । यो संख्या अपेक्षा गरेभन्दा बढी हो ।
यस्तै आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य आज ०.२० डलरले बढ्दै प्रतिऔंस ३०.८३ डलरमा कारोबार भईरहेको छ ।