आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य आज पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ८ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ६० हजार ९ सय रुपैयाँ कायम भएको छ ।

