आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४६ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

