सुन र चाँदीको मूल्य स्थिर, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।