ह्वात्तै घट्यो सुनको मूल्य, प्रतिऔंस कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा व्यापक गिरावट आएको छ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस १.३८ प्रतिशत अर्थात ३४ डलरले घटेको छ । यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ४२७ डलरमा सीमित बनेको छ । सुनको मूल्यसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदीको मूल्य प्रतिऔंस २.४६ प्रतिशत अर्थात ०.७५ डलरले घटेको छ ।...

