‘मिस युनिभर्स नेपाल २०२४’ को शीर्ष ३५ को लागि अडिसन हुँदै
काठमाण्डौ। ‘मिस युनिभर्स नेपाल २०२४’ को लागि यहीँ सोमबार अडिसन हुने भएको छ। प्रिलिमिनरी राउन्डबाट छनौट भएका ६० जनामध्ये ३५ जनाको अडिसनमार्फत हिल्टन काठमाण्डौमा छनोट हुने आयोजकले जनाएको छ। अडिसनको जज प्यानलमा लोकप्रिय गायिका इन्दिरा जोशी, मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल र कोरियोग्राफर दिक्पाल कार्की रहेका छन्।

