मनकामना केबलकार आजदेखि ५० दिनका लागि बन्द, यस्तो छ कारण
काठमाण्डौ । मनकामना केबलकार आजदेखि ५० दिनका लागि बन्द हुने भएको छ । लामो समयदेखि प्रयोग गरिरहेको प्रविधि लगायतका स्तरोन्नतिका कार्य गर्न लागिएकाले मनकामना केबलकारको सेवा आजदेखि ५० दिनका लागि बन्द ह्ुन लागेको हो । संचालनको २५ वर्ष पूरा गरी २६ औं वर्षमा संचालन भइरहेको मनकामना केवुलकार नेपालको प्रथम केबलकार हो । अष्ट्रियाको कम्पनी डोपलमायरबाट आयातित मेशिनरीहरू बिना...

