काठमाण्डौ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानमा चार्टर उडान हुने भएकमो छ । सेप्टेम्बर र अक्टोबर महिनामा पोखरादेखि भुटानको पारो चार्टर उडान हुने भएको हो ।
उक्त उडान भुटान एयरले गर्न लागेको हो ।
भुटान एयरले १ सय २६ सिट क्षमताको एयरबस ए–३१९ विमानमार्फत ४ वटा उडान सञ्चालन गर्नेछ । पहिलो उडान २८ सेप्टेम्बर, दोस्रो उडान २ अक्टोबरमा तेस्रो उडान ६ अक्टोबर र चौथो उडान १० अक्टोबरमा हुनेछ ।
सबै उडानको लागि प्यासेन्जर खुला गरिएको छ । पारोबाट बिहान साढे १० बजे उडान भर्ने फ्लाइट पोखरामा पौने १२ बजे ल्याण्ड गर्ने जनाइएको छ । यसअघि सिचुवान एयरले पोखरादेखि चीनको छेन्दुसम्म उडान भरेको थियो ।
अहिले पनि हिमालयन एयरलाइन्सले ल्हासा उडान भरिरहेको छ ।