सोमबार, असार २,२०८२ 11:04:43
  • सोमबार, असार २,२०८२ 11:04:43
Global IME Bank Limited

बिट्क्वाइनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो भाउ ?

Hyundai Nepal
बिट्क्वाइनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । बिट्क्वाइनको मूल्य हालससम्मकै उच्च कायम भएको छ । लगानीकर्ताले यो साता अमेरिकी केन्द्रीय बैंक,फेडरल रिजर्भ’ले ब्याजदर कटौतीको निर्णय गर्नसक्ने आँकलन गरेसँगै बिट्क्वाइनको मूल्य नयाँ उचाईमा पुगेको हो ।  

आइतारको कारोबारमा बिट्क्वाइनको मूल्य १ लाख ६ हजार ५०९ डलर पुगेको  छ ।

यसअघि भने बिट्क्वाइनको उच्च मूल्य मूल्य १ लाख ५ हजार २०७ डलर थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत शुक्रबार अमेरिकी सेयर बजार नास्डक कम्पोजिटमा टेक कम्पनीहरुको सेयरमूल्यमा उछाल आएको थियो । जसपश्चात आज बिट्क्वाइनको मूल्य समेत वृद्धि भएको छ । लगानीकर्ताले यही बुधबार बस्ने फेडरल रिजर्भको बैठकमा ब्याजदर कटौती हुने सक्ने आँकलन गरेका छन् । सीएमई फेडवाच टुलले २५ प्रतिशत बेसिक प्वइन्टले ब्याजदर कटौती हुुन सक्ने प्रक्षेपण गरेको छ ।  

यो बिट्क्वाइनका लागि सकारात्मक कदम हुनसक्छ । बिट्क्वाइन पनि ‘टेक स्टक’ जस्तै कारोबार हुने भएकाले न्यून ब्याजदरले बिट्क्वाइनलाई फाइदा पुग्ने जनाइएको छ । न्यून ब्याजदरले पैसाको आपूर्ति बढाउँदै डलरलाई कमजोर बनाउने छ । यसको सम्बन्ध बिट्क्वाइनसँग दीर्घकालसम्म हुन सक्छ ।  

बिट्क्वाइनको मूल्य यो महिना मात्रै करिब ८ प्रतिशतले बढिसकेको छ । यस्तै अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले जितेपछि यसको मूल्य ५० प्रतिशतले बढेको छ ।  

यो वर्षको कुरा गर्ने हो भने अहिलेसम्म बिट्क्वाइनको मूल्य १४५ प्रतिशतले वृद्धि भईसकेको छ । ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा बिट्क्वाइनमैत्री नीति लिने र यसका लागि सकारात्मक वातावरण बनाउने बताएका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.