एक वर्षमा बिट्क्वाइनको मूल्य दोब्बरले बढ्यो, अझै कति बढ्ला ?
काठमाण्डौ । विश्व बजारमा बिट्क्वाइनको मूल्य दोब्बरले बढेको छ । अगष्ट २०२४ मा ५३ हजार अमेरिकी डलरमा कारोबार भएको बिट्क्वाइनको मूल्य आज १ लाख १४ हजार डलरमा कारोबार भईरहेको छ । गत अगष्ट २५ मा यो करेन्सिको मुल्य हालसम्मकै उच्च १ लाख २४ हजार नजिक पुगेको थियो । विश्वबजारमा बिट्क्वाइको मूल्य प्रतिक्वाइन १ लाख ६० हजार डलरसम्म पुग्न सक्ने आँकलन गरिएको छ ।