काठमाण्डौ । रुसी कम्पनीहरुले पश्चिमा देशहरुको आर्थिक नाकाबन्दीको प्रतिरोध गर्न अन्तराष्ट्रिय भुक्तानीका लागि बिट्क्वाइन र अन्य डिजिटल मुद्धाको प्रयोग गर्न थालेका छन् । रुसका अर्थमन्त्री एन्टन सिलौनोभले बुधबार यस्तो बताएका हुन् ।
पश्चिमा देशकरुको नाकाबन्दीका कारण रुसलाई आफ्ना प्रमुख साझेदार चीन र टर्कीसँग व्यापार गर्न कठिनाई भईरहेको छ । स्थानिय बैंकहरुले पश्चिमा नियामकहरुको प्रतिबनधबाट बच्न रुससँग सम्बन्धित कारोबारलाई सावधानीका हेर्ने थालेसँगै रुसले थप समस्याको सामना गर्नु परिरहेको छ ।
यो वर्ष रुसले क्रिप्टोकरेन्सीको माइनिङलाई कानूनी मान्यता दिदै वैदेशिक व्यापारका लागि क्रिप्टोकरेन्सीहरुको प्रयोगलाई वैधानिकता दिने निर्णय गरेको थियो । रुस बिट्क्वाइन माइनिङमा विश्वको अग्रेणी देश हो ।
केही समयपहिले रुसी राष्ट्रपति भलादिमिर पुटिनले अमेरिकाले डलरलाई राजनीतिक प्रयोजनका लागि प्रयोग गरिरहेको र धेरैजसो देशहरुलाई विकल्प रोज्न बाध्य पारिरहरको बताएका थिए । उनले बिट्क्वाइलाई इंगित गर्दै यस्तो बताएका थिए ।