के रूसले परमाणु युद्धको महाविनाशबाट बच्न तयारी गरिरहेको छ ? रहस्यमय पहाडमुनी पुटिनको न्यूक्लियर हाइडआउट निर्माण भइरहेको दाबी
काठमाण्डौ । रुसले युराल क्षेत्रमा रहेको कोस्विनस्की कामेन पहाडमुनिको भूमिगत सैन्य संरचनालाई थप विस्तार र सुदृढ गरिरहेको दाबी सार्वजनिक भएको छ। केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र अनुसन्धानमा आधारित रिपोर्टहरूले उक्त संरचनालाई रुसको आणविक कमान्ड तथा नियन्त्रण प्रणालीसँग जोडेर विश्लेषण गरेका छन्।रिपोर्टहरूमा सो संरचना पुरानो सोभियतकालीन सैन्य पूर्वाधारको हिस्सा...

