आईतवार, बैशाख ६,२०८३ 11:50:10
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:50:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिका–रूसबीचको ‘न्यू स्टार्ट’ परमाणु संधि समाप्त, विश्व सुरक्षाप्रति गम्भीर चिन्ता

Bizshala
अमेरिका–रूसबीचको ‘न्यू स्टार्ट’ परमाणु संधि समाप्त, विश्व सुरक्षाप्रति गम्भीर चिन्ता
Shivam Cement

काठमाण्डौ । अमेरिका र रुसबीच परमाणु हतियार नियन्त्रणका लागि गरिएको अन्तिम प्रमुख सम्झौता ‘न्यू स्टार्ट’ संधि समाप्त भएको छ। यस संधिले दुवै देशलाई लामो दूरीका अधिकतम करिब १  हजार ५५० परमाणु वारहेडसम्म सीमित राख्ने व्यवस्था गरेको थियो।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यस संधिको अन्त्यलाई ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि अत्यन्त नाजुक क्षणको रूपमा व्याख्या गरेका छन्। उनले अमेरिका र रुसलाई नयाँ परमाणु हतियार नियन्त्रण सम्झौताका लागि तत्काल वार्ता सुरु गर्न आग्रह गरेका छन्। उनका अनुसार हाल परमाणु हतियार प्रयोगको जोखिम पछिल्ला दशकहरूकै सबैभन्दा उच्च स्तरमा पुगेको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यसअघि रुसको विदेश मन्त्रालयले अब कुनै पनि देश ‘न्यू स्टार्ट’ संधिका प्रावधानबाट बाध्य नरहेको धारणा सार्वजनिक गरेको थियो। यद्यपि मन्त्रालयले रुसले परमाणु मामिलामा जिम्मेवार व्यवहार अपनाउने दाबी पनि गरेको छ।

CG Motors
Garima Development Bank
IME remit

विशेषज्ञहरूका अनुसार यस संधिको समाप्तिसँगै अमेरिका र रुसबीच परमाणु हतियारको संख्या, तैनाथी र निरीक्षणसम्बन्धी कानुनी सीमा हटेको छ। यसले पारदर्शिता घट्ने र नयाँ परमाणु हतियार प्रतिस्पर्धा सुरु हुने जोखिम बढाएको छ, जसले विश्वव्यापी सुरक्षा अवस्थालाई थप अस्थिर बनाउन सक्ने चिन्ता व्यक्त गरिएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.