काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीपछि युक्रेनलाई चेतावनी दिएका छन् । पुटिनले आफूलाई रुसी एयरबेसमा युक्रेनको ठूलो ड्रोन आक्रमणको जवाफ दिनु पर्ने बताएको ट्रम्पले बताए। पुटिनसँगको फोन वार्तापछि ट्रम्पले भने, ‘राष्ट्रपति पुटिनले भर्खरै (युक्रेन) एयरपोर्टमा भएको हमलाको जवाफ दिनु पर्ने कुरा कडा रुपमा भनेका छन् ।’
यसको मतलब रुसले युक्रेन विरुद्ध चाँडै प्रतिशोधात्मक कारबाही गर्न सक्छ। रुसी अधिकारीहरूले यसको पुष्टि गर्न अस्वीकार गरेका छन् ,तर रुसले यसअघि आफ्नो प्रतिक्रियाका लागि सैन्य विकल्पहरू छलफल भइरहेको बताएको थियो।
ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै एक घन्टाभन्दा बढी समय चलेको फोन कलले रुस र युक्रेनबीच ‘तत्काल शान्ति’ ल्याउन नसक्ने बताए ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                