मंगलवार, आश्विन १३,२०८३ 08:48:00
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:48:00
Bizshala
Global IME Bank Limited

अब रुसबाट १० दिनमै भारतमा आईपुग्नेछ सामान,पश्चिमा देशहरुको घेराबन्दीबाट बच्न पुटिनको यस्तो योजना

Bizshala
अब रुसबाट १० दिनमै भारतमा आईपुग्नेछ  सामान,पश्चिमा देशहरुको घेराबन्दीबाट बच्न पुटिनको यस्तो योजना
New Office

काठमाण्डौ । अब रुसबाट भारतमा केवल १० दिनमा सामान पुग्ने भएको छ । पश्चिमा देशहरुको आर्थिक नाकाबन्दीबाट थलिएको रुसले एउटा यस्तो रेलमार्ग बनाईरहेको जसमार्फ रुसबाट १० दिनमै भारतसम्म सामान आईपुग्नेछ ।  

अहिले भने रुसबाट भारतमा सामान आउन ३० देखि ४५ दिनसम्म लाग्ने गरेको छ ।  

कयौं शताब्दीदेखि युरोप रुसको प्रमुख व्यापारिक साझेदारका रुपमा रहँदै आएको थियो । तर युक्रेन युद्धबाट भने यसमा परिवर्तन आएको छ । युक्रेन युद्धपछि चीन र भारतसँग रुसको व्यापार कयौं गुणा वृद्धि भईसकेको छ ।  

यहि कारण रुस अब एउटा यस्तो रेलमार्ग निर्माण गर्दैछ,जसबाट चीन र भारतमा उसको  पहँच सहज हुनेछ । यो रेलमार्गले भविष्यमा स्वेज नहर हुने व्यापारलाई कडा टक्कर दिने दाबी समेत गरिएको छ ।  

रुसले निर्माण गर्ने यो रेल मार्गमध्ये सबैभन्दा महत्वपूर्ण १६० किलोमिटरेको मार्ग रहेको छ । १.७ अर्ब डलरको यो रेल मार्ग निर्माणको काम यहि वर्ष देखि सुरु हुने विश्वास गरिएको छ । यसबाट रुस सिधै इरानको बन्दरगाहसँग जोडिने छ । जसबाट मुम्बर्इ सम्म रुसको पहँुच सहज हुनेछ । रुसले यो परियोजनाका लागि ईरानलाई १.४ अर्ब डलर ऋण दिने सहमति जनाएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

रुसले ईरानको रेलमार्गलाई धेरै नै महत्वको रुपमा हेरेको छ । यो मार्गलाई आयात निर्यातका लागि एकदमै महत्वपूर्ण मान्ने गरिन्छ । रुसका राष्ट्रपति भलादिमिर पुटिनले यो नयाँ मार्गबाट रुसको सेन्ट पीटर्सबर्गबाट मुम्बईसम्म सामान पुग्न १० दिन मात्रै लाग्ने बताएका छन् । यसले चीसँगको पहुँचमा पनि सजिलो हुने रुसी अधिकारीहरुले दाबी गरेका छन् ।  

युक्रेन युद्धपश्चात चीनसँग रुसको व्यापार ६१ प्रतिशतले बढेर २४० अर्ब डलर पुगेको छ ।  

यस्तै भारतसँग पनि रुसको व्यापार सन् २०२१ को तुलनामा ४ गुणाले बढेर ६५ अर्ब डलर पुगेको छ ।  

नयाँ रेलमार्गले ईरानको दुई शहर अस्तारा र राश्तलाई  जोड्नेछ । यसमार्फत ईरान उत्तरमा अजरबैजानसँग जोडिने छ र यसरी रुसी रेलवेको ग्रिडसम्म पहुँच विस्तार हुनेछ । यो रेलमार्ग सन् २०२८ सम्म पुरा हुने विश्वास गरिएको छ । यो रेलमार्गको पुरा लम्बाई ६ हजार ९२० किलोमिटर लामो  हुनेछ । -एजेन्सी     

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.