सोमबार, भाद्र २९,२०८३ 09:33:31
Bizshala
  • सोमबार, भाद्र २९,२०८३ 09:33:31
Bizshala
Global IME Bank Limited

बेलायतका पूर्वप्रधानमन्त्री निस्किएको केही समयपछि युक्रेनी रेलमा रुसी ड्रोन हमला

बेलायतका पूर्वप्रधानमन्त्री निस्किएको केही समयपछि युक्रेनी रेलमा रुसी ड्रोन हमला
New Office

काठमाण्डौ । युक्रेनमा पोल्यान्डको सीमासँगै रहेको याहोदीन क्षेत्रमा यात्रुवाहक रेललाई लक्षित गरी रुसी ड्रोन हमला भएको छ। हमलामा रेलको इन्जिनमा क्षति पुगे पनि यात्रुहरू हताहत भएको सूचना छैन।

बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनसहित युरोपका उच्च सुरक्षा अधिकारीहरूको टोली सोही रेलमार्ग हुँदै अर्को रेलमा सवार भएर गुज्रिएको केही समयपछि उक्त हमला भएको हो।

युक्रेनी अधिकारीहरूका अनुसार पोल्यान्डको सीमाबाट करिब दुई किलोमिटर टाढा रहेको याहोदीनमा ड्रोन हमला भएको थियो। जोनसनसँगै विभिन्न युरोपेली देशका राष्ट्रिय सुरक्षा सल्लाहकारहरू पनि सोही रेलमार्गबाट यात्रा गरिरहेका थिए। उनीहरूमध्ये बेलायतका राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेलसमेत थिए।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

उक्त सुरक्षा अधिकारीहरू राजधानी किएभमा आयोजित एक सम्मेलनमा सहभागी भएर फर्किरहेका थिए।

रुसले पनि रेलमार्गमा भएको हमलाको पुष्टि गरेको छ। रुसी पक्षका अनुसार पश्चिमी युक्रेनको रेलवे पूर्वाधारलाई लक्षित गरी हमला गरिएको हो। तर, युक्रेनको सरकारी रेलवे कम्पनीले भने ड्रोनको वास्तविक निशाना पश्चिमी अधिकारीहरूलाई लिएर गइरहेको रेल हुन सक्ने आशंका व्यक्त गरेको छ।

रेलवे कम्पनीका अनुसार तालिकामा गरिएको परिवर्तनका कारण कूटनीतिज्ञ तथा सुरक्षा अधिकारीहरू सवार रेल निर्धारित समयभन्दा केहीअघि नै स्टेशनबाट प्रस्थान गरेको थियो। रुसबाट लगातार भइरहेको हवाई हमलाको जोखिमलाई ध्यानमा राख्दै रेलको समय परिवर्तन गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ड्रोन आक्रमणमा परेको रेलमा सवार यात्रुलाई सुरक्षित रूपमा बाहिर निकाल्न हमलाभन्दा करिब १५ मिनेटअघि मात्रै आदेश दिइएको थियो। त्यसपछि जेट–प्रोपेल्ड ड्रोनले रेलको इन्जिनलाई लक्षित गरी हमला गरेको थियो।

घटनापछि सम्बन्धित निकायले रेलमार्ग तथा आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाएका छन्। युक्रेनमा जारी रुसी हवाई हमलाका कारण रेल तथा अन्य महत्वपूर्ण पूर्वाधारमाथि जोखिम बढ्दै गएको अधिकारीहरूले बताएका छन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.