आईतवार, बैशाख ६,२०८३ 11:48:45
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:48:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

युक्रेनद्वारा युरोपमा ढुवानी हुने रुसी ग्यासमा रोक

Bizshala
युक्रेनद्वारा युरोपमा ढुवानी हुने रुसी ग्यासमा रोक
Shivam Cement

काठमाण्डौ । युक्रेनले आफ्नो भू–भाग भएर युरोपमा ढुवानी हुने रुसी ग्यासमा रोक लगाएको जनाएको छ । ५ वर्षको ट्रान्जिट सम्झौता बुधबार अन्त्य भएसँगै तेलको ढुवानीमा रोक लगाइएको युक्रेनले जनाएको छ ।  

रुस र युक्रेनबीचको युद्ध सुरुवात भएको चौथो वर्ष लागेसँगै युरोपियन युनियनमा ग्यास ढुवानी गर्ने रुसको यो सबैभन्दा पुरानो मार्ग बन्द हुने अपेक्षा पहिले नै गरिएको थियो । युक्रेनका उर्जा मन्त्रीले देशको राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै रुससँगको सम्झौता अन्त्य गरिएको बताए ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

‘हामीले रुसी ग्यासको ट्रान्जिटमा रोक लगाएका छौं । यो ऐतिहासिक कदम हो,’उर्जामन्त्रीले विज्ञप्तीमा भनेका छन् ।  

सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेएता युरोपेली युनियनले रुसमाथिको परिनिर्भरता कम गर्दै उर्जा आपूर्तिको विविधकरणमा जोड दिन थालेको छ । पछिल्लो समय रुसबाट युरोपमा पाइपलाइन ग्यासको आयातमा उल्लेख्य कमी आएको छ । युरोपियन काउन्सिलका अनुसार सन् २०२१ मा ४० प्रतिशत रहेको पाइपलाइन ग्यासको आयात सन् २०२३ मा घटेर ८ प्रतिशतमा सीमित बनेको छ ।  

युक्रेनले ट्रान्जिट सम्झौता अन्त्य गरेसँगै अब युरोपमा पाइपलाइनबाट ग्यास निर्यात गर्नका लागि रुससँग थप एउटा मात्रै विकल्प बाँकी रहेको छ । अब रुससँग टर्कीदेखि बुलगेरियासम्म फैलिएको ट्रकस्ट्रिम पाइपलाइन मात्रै बाँकी रहेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

गत वर्ष, २०१९ मा युक्रेनको नाफ्टोगाजसँग ट्रान्जिट सम्झौतामा हस्ताक्षर गर्ने क्रेमलिनको स्वामित्वमा रहेको ग्यास कम्पनी ग्याजप्रोमले ६.९ बिलियन घाटाबरारबरको घाटा व्यहोरेको थियो । जुन २० वर्षको इतिहासमा पहिलो घाटा हो ।  

युक्रेनले अहिले रुसबाट ट्रान्जिट शुल्कमा वार्षिक ८०० मिलियन घाटाको सामना गरिरहेको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.