काठमाण्डौ । बिश्वबजारमा भर्चुअल मुद्रा बिट्क्वाइन करिव ४ गुणाले बढेको छ । सन् २०२३ को जनवरीमा १६ हजार ५२६ अमेरिकन डलर रहेको यो मुद्रा सन् २०२४ को फेब्रअरीमा ६३ हजार ८०१ डलर सम्म पुगेको छ ।
यस हिसावले यो मुद्राको भ्यालु १४ महिनामा करिव ४ गुणाले बढेको छ । यो साता मात्रै विश्वबजारमा विट्क्वाइन करिव १० हजारले अर्थात २१ प्रतिशतले बढेको छ । फेबु्रअरी २६ मा ५१ हजार अमेरिकी डलर रहेको यो मुद्राको मूल्य हाल यो समचार तयार पर्दा सम्म ६१ हजार डलरमा अन्तिम कारोबार भएको छ ।
यो साता सोलना १६ प्रतिशतले बढेको छ भने कारडोनाको मूल्यमा ९ प्रपितशतको बढोत्तरी आएको छ । यो सँगै विश्वजारमा जापानको सेयर बजार निक्की २२५ ले पनि नयाँ ४० हजारमा कारोबार भएर नयाँ रेकर्ड बनाएको छ ।
नोटः नेपालबाट क्रिप्टोकरेन्सिमा लगानी गैरकानुनी छ ।