काठमाण्डौ । सोमबार विश्व बजारमा हरियाली छाएको छ । आज विट्क्वाइन, सुन, सेयर, डिबेञ्चर, बोण्डमा हरियाली छाएको छ ।
युरोपेली बजारमा जर्मनको ड्याक्स , लण्डनको फुट्सी , फ्रान्सको क्याक , इटालीको फुट्सी मिब् र अष्ट्रेलियाको सेयर बजारमा पनि बढोत्तरी आएको छ । आज एशियाली सेयर बजारमा संघाइ बाहेक सबैमा बढोत्तरी आएको छ ।
त्यसै विश्व बाजरमा सुनको मूल्यमा आज पनि प्रतिऔंस १२ डलरको बढोत्तरी आएको छ । विश्व बजारमा क्रिप्टोकरेन्सीको मूल्य पुनःउकालो लागेको छ । विट्क्वाइन आज करिब साढे ४ प्रतिशतले बढेर प्रति क्वाइन ७२ हजार अमेरिकी डलर भन्दा माथि कारोबार भईरहेको छ ।
यो संगै अन्य डिजिटल करेन्सी इथर , लाइटक्वाइन , एक्सआरपी र विट्क्वाइन क्यास जस्ता क्रिप्टोकरेन्सीको मूल्यमा पनि बढोत्तरी आएको छ । अन्तराष्ट्रिय क्षेत्रमा अस्थिरता बढ्दै जाँदा सुन तथा क्रिप्टोकरेन्सीको मूल्य बढ्दै गएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यस्तै विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १ डलरले घटेको छ ।