शुक्रबार, असार २६,२०८३ 07:50:31
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 07:50:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निरन्तर उकालो लाग्दै बिट्क्वाइनको मूल्य, को हुन् आवष्किारक र कसरी भएको थियो कारोबारको सुरुवात ?

Laxmi Sunrise Bank Limited
निरन्तर उकालो लाग्दै बिट्क्वाइनको मूल्य, को हुन् आवष्किारक र कसरी भएको थियो कारोबारको सुरुवात ?

काठमाण्डौ । अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भएसँगै बिट्क्वाइनको मूल्य निरन्तर वृद्धि भईरहेको छ । हिजोको कारोबारमा बिटक्वाइनको मूल्य ९३ हजार डलर पुगेको थियो । जुन हालसम्मकै उच्च हो ।  

चुनावी प्रचारका क्रममा ट्रम्पले अमेरिकालाई विश्वकै ‘क्रिप्टो राजधानी’ बनाउने घोषणा गरेका थिए । विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीको रुपमा रहेको बिटक्वाइनको मूल्य यो वर्ष मात्रै ८० प्रतिशतले वृद्धि भईसकेको छ ।  

बिटक्वाइन मात्रै नभई अन्य क्रिप्टोकरेन्सी जस्तै डजक्वाइनमा समेत यो वर्ष उछाल आएको छ ।  

बिटक्वाइनको चर्चा धेरै हुने गरेपनि यस बारे केही प्रश्नहरु अझै अनुत्तरित र रहस्यमी छन् ।  

New Office
CG Motors
Garima Development Bank

को हुन आविष्कारक ?

बिटक्वाइनका आविष्कारक को हुन् भन्ने कुरा अझैसम्म खुल्न सकेको छैन । यस विषयमा थुप्रै अनुमानहरु गरिएको छन् । तर एकिनका साथ पत्तो भने लागिसकेको छैन ।  

सन् २००८ मा सातोशी नाकामोतो भन्ने व्यक्तिले पहिलोपटक बिट्क्वाइनको अवधारणका बारेमा चर्चा गरेका थिए ।  

उनले कसरी पिअर टू पिअर डिजिटल क्याश प्रणालीबाट मानिसहरू इन्टरनेटमार्फत् इमेल पठाए जसरी नै सजिलो गरी भर्चूअल कोइन पठाउन सक्छन् भनेर एउटा खाका प्रस्तुत गरेका थिए।

कारोबार गर्न सघाउन र विश्वभरि छरिएका स्वयंसेवीहरूको सञ्जाल प्रयोग गरेर नयाँ कोइन बनाउन उनले एउटा जटिल कम्प्युटर प्रणालीको निर्माण गरे। नयाँ कोइन बनाउन संलग्न हुने स्वयंसेवीहरूले विशेष सफ्टवेअर र शक्तिशाली कम्प्युटर प्रयोग गर्थे।

त्यसबेला उनको खोजी तीव्र पारिएको थियो । तर सफलता भने हात लागेको छैन । यो खोजी कार्य आजसम्म जारी छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सन् २०१४ मा डोरिअन नाकामोतोलाई सातोशी नाकामोतो भनेर पत्रकारले पछ्याएका थिए । जुन पछि झ्ठो साबित भएको थियो ।  

बिट्क्वाइका आविष्कारकका बारेमा अन्य व्यक्तिहरुको नाम समेत अघि आएको छ । तर कसैको पनि पुष्टि हुन सकेको छैन ।  

सन् २०१६ मा आफूलाई सातोशी नाकामोतो भनेर दाबी गर्ने अष्ट्रेलियाकी एक व्यक्तिको उक्त दाबी लण्डनको उच्च अदालतले नकारेको थियो ।  

पहिलो कारोबार  

बिट्क्वाइनको पहिलो कारोबार सन् २०१० मे २२ मा भएको थियो । लास्लो ह््याचले एउटा अनलाइन क्रिप्टो फोरममा दुइटा पिज्जाका लागि ४१ डलर बराबरको बिटकोइन दिने प्रस्ताव राखेका थिए। एक १९ वर्षे विद्यार्थीले उनको प्रस्ताव स्वीकार गर्दै बिटकोइनको इतिहासमा बिटक्वाइन पिज्जा दिवसका रूपमा लेखिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.