काठमाण्डौ । विश्व सेयर बजारमा डोनाल्ड ट्रम्पले चुनाव जिते पछि एकाएक माहोल फेरिएको छ । यसको प्रभाव क्रिप्टोकरेन्सी र सेयर बजारमा सकरात्मक प्रभाव परेको छ ।
यो समाचार तयार पार्दासम्म बिट्क्वाइनको मूल्य ८२ हजार १८५ अमेरिकी डलरमा कारोबार भएको छ । बिट्क्वाइनको मूल्य नोभेम्बर ५ मा ६७ हजार ८३३ डलरमा कारेबार भएको थियो । तर आज भने बीटीसीको मूल्य बढेर ८२ हजार माथि कारोबार हुँदा एकै सातामा १५ हजार भन्दा बढीले बीटीसीको मूल्य बढेको हो ।
ट्रम्पले चुनाव जितेपछि भने विश्व सेयर बजार र क्रिप्टोकरेन्सीको मूल्य एकाएक बढेको छ । अन्य क्रिप्टोकरेन्सी लाइट क्वाइन , डज क्वाइन तथा इथेरियमको भ्यालु पनि बढेको छ । त्यसैगरि, यूरोपियन सेयर बजार जर्मनको डय्क्स , लण्डनको फुट्सी १०० तथा इटालीको फुट्सी मिब्मा पनि बढोत्तरी आएको छ । अमेरिकी स्टक मार्केटमा डाउ जोन करिब ४४ हजारमा करोबार भएको छ भने एस एण्ड पी ५०० मा पनि बढोत्तरी आएको छ ।