बुधबार, भाद्र ३,२०८३ 02:22:50
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 02:22:50
Bizshala
Global IME Bank Limited

बिट्क्वाइनको मूल्यमा उच्च गिरावट

बिट्क्वाइनको मूल्यमा उच्च गिरावट
New Office

काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी,‘बिट्क्वाइन’को मूल्यमा सोमबार उच्च गिरावट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘रणनीतिक बिट्क्वाइन रिजर्भ’ स्थापना गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै बिट्क्वाइनको मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको हो ।  

यो गिरावटसँगै बिट्क्वाइनको मूल्य ८१ हजार ७१२ डलरमा कारोबार भईरहेको छ । यस्तै आज अन्य क्रिप्टोकरेन्सीको मूल्य पनि घटेको छ । आज इथर र एक्सआरपीको मूल्य पनि करिब ७.५ प्रतिशतले घटेको छ ।  

Bizshala
CG Motors

केही लगानीकर्ताले ट्रम्पको बिट्क्वाइन रिजर्भका कारण बिट्क्वाइनको मूल्य दीर्घकालका लागि बुलिस रहने बताएका छन् ।  

ट्रम्पले गत बिहिबार ह्वाइट हाउसमा कार्यकारी आदेशमार्फत बिट्क्वाइन रिजर्भको स्थापना गरेका थिए । ट्रेजरी डिपार्टमेन्टले रिजर्भको व्यवस्थापन गर्न एउटा कार्यालय स्थापना गर्नेछ । जसलाई अमेरिकी सरकारले आपराधिक वा नागरिक सम्पत्ति जफत प्रक्रियाको एक भागको रूपमा जफत गरेको बिट्क्वाइनसँग पूँजीकरण गर्नेछ ।       

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.