बिहीबार, श्रावण १४,२०८३ 09:40:37
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 09:40:37
Bizshala
Global IME Bank Limited

एक वर्षमा बिट्क्वाइनको मूल्य दोब्बरले बढ्यो, अझै कति बढ्ला ?

एक वर्षमा बिट्क्वाइनको मूल्य दोब्बरले बढ्यो, अझै कति बढ्ला ?
New Office

काठमाण्डौ । विश्व बजारमा बिट्क्वाइनको मूल्य दोब्बरले बढेको छ । अगष्ट २०२४ मा ५३ हजार अमेरिकी डलरमा कारोबार भएको बिट्क्वाइनको मूल्य आज १ लाख १४ हजार डलरमा कारोबार भईरहेको छ । गत अगष्ट २५ मा यो करेन्सिको मुल्य हालसम्मकै उच्च १ लाख २४ हजार नजिक पुगेको थियो । विश्वबजारमा बिट्क्वाइको मूल्य प्रतिक्वाइन १ लाख ६० हजार डलरसम्म पुग्न सक्ने आँकलन गरिएको छ ।  

योसँगै विश्वबजारमा अन्य भर्चुअल क्वाइनको मूल्य पनि बढेको छ । इथेरियमा, लाइटक्वाइन जस्ता मुद्राको मूल्य पनि बढेको छ ।

क्वाइन बेस मार्केट क्यापका अनुसार बिट्क्वाइनको बजार पूँजीकरण २२ खर्ब ७० अर्ब डलर रहेको छ । बिट्क्वाइन भर्चुअल करेन्सी (अभौतिक मुद्रा) को एक रुप हो । भर्चुअल करेन्सीको कुनै भौतिक अस्तित्व हुँदैन तर यो विनिमयको एक यस्तो एकाइ हो जसलाई इन्टरनेटको माध्यमबाट अनलाइनमा मात्र प्रयोग गर्न सकिन्छ।  

भर्चुअल करेन्सीका विभिन्न रुपहरु मध्ये बिट्क्वाइन सबैभन्दा बढी चलनचल्तीमा रहेको अभौतिक मुद्रा हो ।

विश्वका विभिन्न मुलुकका सरकारी निकायमा बिट्क्वाइनजस्ता भर्चुअल करेन्सीको कारोबारलाई वैधानिकता दिने कि नदिने भन्ने विषयमा द्विविधा छ ।  

नेपालमा पनि बिट्क्वाइनको कारोबारलाई गैर्रकानूनी मानिएको छ ।  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.